समाचार

सिन्धुलीमा एक जनालाई आइसुलेशनमा र १० जनालाई क्वारेन्टाइनमा राखियो

सिन्धुली, ११ चैत्र / सिन्धुलीमा आज थप एक जनालाई सिन्धुली अस्पतालले आइसुलेसनमा राखेर उपचार सुरु गरेको छ । हिजो भारतको सिलगुढीबाट आएक  कमलामाई नगरपालिका वडा नं. २ का १९ वर्षिय युवालाई आइसोलेसनमा भर्ना गरेको  हो ।

अस्पतालका डा. प्रसन्न राजभण्डारीका अनुसार भारतमा नै ज्वरो आएका युवा घरमा आएपछि विरामी भएको भन्दै सिन्धुली अस्पतालमा आएका थिए र उनलाई अइसुलेसनमा राखिएको हो । कोरोनासंग मिल्ने केही लक्षण देखा पर्दैमा नआत्तिन तर कोरोनाको संक्रमणबाट भने सावधानी अप्नाउन आग्रह रहेको छ ।

यस्तै रोजगारीको सिलसिलामा भारतमा नै रोजगारीमा गई सिन्धुली आएका १० जना युवालाई होम क्वारेन्टाइनमा राखिएको छ । सिन्धुलीमा बन्दै गरेको ३९ बेडको क्वारेन्टाइन पुर्ण रुपमा तयार नभएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।
सिन्धुली यस अघि गत बुधबार ८१ वर्षिय वृद्धलाई अस्पतालले आइसोलेसन वार्डमा उपचारका लागि भर्ना गरिएको थियो । तर उहाँमा कोभिड–१९ निगेटिभ देखिएको थियो ।

Comment here