समाचार

आइसुलेसन वेड बनाउन अस्पताललाई ५० हजार सहयोग

सिन्धुली, ११ चैत्र / सिन्धुली अस्पतालमा ५ वेडको आइसुलेशन वेड बनाउन ड्बिन्द्र्जङ्ग थापाले ५० हजार रुपैंया सहयोग गर्नु भएको छ । आफ्ना स्वर्गीय दाजु प्रमुख सेनानी कबिन्द्र जङ्ग थापाको सम्झनामा उहाँले सो रकम आज अस्पताललाई प्रदान गर्नु भएको हो ।

अस्पतालमा नै पुगेर उहाँका बुबा लालबहादुर थापा र कान्छो बुबा दिलिपजङ्ग थापा मार्फत अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गर्नु भएको थियो । अस्पतालमा बनाउने ५ बेडको आइसुलेशन कक्ष निर्माणका लागि रकम सहयोग गरेकोमा अध्यक्ष पोख्रेलले धन्यवाद दिदै यस्ता सकरात्मक सहयोगले अस्पताल टिमलाई कोरोना भाईरस विरुद्ध लड्न उर्जा मिलेको बताउनुभयो । सिन्धुलीमा कोरोना भाइरसको संक्रमण हुन नदिन विभिन्न निकाय तथा व्यक्तिहरुले सहयोग गरि रहेको उहाँले जानकारी दिनुभयो ।

सरकारले नेपालीको जीवन रक्षाको लागि लक डाउन गरेको अवस्थामा लक डाउनलाई पुर्ण रुपमा सफल पार्न आग्रह गर्दै कोरोना विरुद्ध सवैले हात धोएर लाग्न समेत उहाँको आग्रह रहेको छ ।

Comment here