समाचार

कोरोना विरुद्ध कमलामाई नगरपालिकाका थप निर्णय

सिन्धुली, १० चैत्र  /कमलामाई नगरपालिकाले (कोभिड–१९) को संक्रमण हुन बाट बच्न आज थप केही निर्णय गरेको छ ।
आज कमलामाई नगरपालिकाले कोरोना विरुद्ध लाग्न पूर्व तयारी गर्न वोलाएको सरोकारवाला निकायहरुको बैठकले निर्णय गरेको हो ।

मेयर खड्गबहादुर खत्रीको अध्यक्षतामा भएको सर्वपक्षिय बैठकले कमलामाई नगरपालिकालमा कोरोनाको संक्रमण हुन बाट जोगाउन विभिन्न निर्णय गरेको छ । भोली (चैत्र ११ गते विहान देखी चैत्र २१ गते सम्म ) अत्यावसेक बस्तुहरु औषधी, खाद्यान्न, तरकारी, फलफुल, दुध, इन्धन बाहेकका सवै पसलहरु बन्द गर्ने निर्णय गरिएको छ । कमलामाई नगरपालिकाका हरेक स्वास्थ्य चौकीमा हेल्थ डेक्स स्थापना गरि चेक जाँच गर्ने, यातायातको साधन जिल्ला भित्र मात्र सञ्चालन गर्ने, बाहिरी जिल्लाको आवगमनमा रोक लगाउने, होटल सञ्चालकहरुले होटलमा भएका कोठाहरुलाई आवश्यक परे क्वारेन्टाईनका रुपमा प्रयोग गर्न दिने, बाहिर विदेशबाट आएका अतिथिहरुले स्वास्थ्य जाँच गराएको र कोरोना नभएको स्वास्थ्य प्रमाणपत्र भएमा मात्र कमलामाईमा बस्न दिने निर्णय गरेको छ ।

बैठकमा भारतको विहारबाट कमलामाई नगरपालिकामा अहिले पनि नयाँ अनुहारका मानिसहरुको आई रहेको भन्दै गैर नागरिकलाई जिल्लामा आउन प्रतिवन्ध लगाउन समेत आग्रह गरेका छन् । एक व्यक्तिको आगमनले जिल्लाले नै ठुलो क्षती वेहोर्नु पर्ने भन्दै पूर्व तयारी स्वरुप भारतका विभिन्न स्थानबाट जिल्लामा मानिसको आउने क्रमलाई रोक्नु पर्नेमा समेत जोड दिएको छ ।

Comment here