समाचार

गुनासो बढेपछि चकमकेमा हेल्प डेक्स स्थापना

बरुण घिमिरे

सिन्धुली, ८ चैत्र / यहाँको तिनपाटन गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिने उद्धेश्यले दुई वटा हेल्प डेक्स स्थापना गरेको छ ।
गाउँपाकिकाको केन्द्र लाम्पन्टार बहुमुखी क्याम्पसमा र चकमकेमा हेल्प डेस्क स्थापना गरेको हो ।

गाउँपालिकाको तर्फ बाट कोरोनाबाट बच्न तथा स्थानीय सरकारको तर्फबाट पर्याप्त  काम नभएको भन्ने जनगुनासो आएपछि आजबाट चकमेमा हेल्प डेक्स स्थापना गरिएको बताईएको छ ।
बाहिरबाट आएका यात्रुको चेक जाँच गरेर मात्र त्यहाबाट अन्यन्त्र पठाउने ब्यबस्था मिलाइएको तिनपाटन गाउँपालिका स्वास्थ्य साखाका प्रमुख रामबेचन शाहले जानकारी दिनुभयो ।

सम्बन्धी हेल्प डेस्क स्थापना तथा जनचेतना कार्यक्रम गरि सर्वसाधारणलाई शतर्क रहन अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो । पालिका जनतालाई कोरोना भाइरसबाट बचाउन जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनको भनाई रहेको छ । गाउँपलिका अन्तर्गतका सबै स्वास्थ्य सँस्थामा कार्यरत कर्मचारिहरुलाई अत्याबास्यक बाहेकको अबस्थामा बिदामा नबस्नको लागि सबैलाई स्वास्थ सस्थाहरुलाई जानकारी गराई सकेको छ ।

यस्तै चैत्र मसान्त सम्मनका लागि त्यस क्षेत्रमा शुक्रबार लाग्दै आएको हाट पनि बन्द गर्ने निर्णय गरियको र बजारमा मास्कको अभाब हुन नदिन स्थानिय स्तरमै मास्क्को उत्पादन गर्ने चकमके उधोग बाणिज्य सघँका अध्यक्ष मुकुन्द तिमल्सिनाले बताउनुभयो ।

Comment here