समाचार

माण्डविद्धारा अस्पताललाई ८ सेट पिपिइ हस्तान्तरण

सिन्धुली, ८ चैत्र ÷ सिन्धुली अस्पताललाई आज ८ सेट व्यक्तिगत सुरक्षा सामाग्रि (पिपिइ) उपलब्ध गराईएको छ । सो सामाग्रि द यशिया फाउडेशनको सहयोग मेलमिलाप स्थानीय सरकार सवलिकरण परियोजना अन्र्तगत माण्डविले उपलब्ध गराएको हो ।

विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाईरस संक्रमित विरामीहरुको उपचार गर्न अत्यन्तै आवश्यक पर्ने पिपिइ उपलब्ध गराइएको हो । उपचारमा संलग्न चिकित्सकलाई सुरक्षित रुपमा विरामीको उपचार गर्न सहयोग पुग्ने भएकाले सामाग्रिह हस्तान्तरण गरेकोमा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष प्रलाद पोख्रेलले धन्यवाद दिनुभयो । आपत्कालिन अवस्थामा सवैको साथ र सहयोगले कोरोना विरुद्ध लड्ने क्षमता बलियो हुने बताउनुभयो ।

यस्तै गैर सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहालले कोरोनाको संक्रमण हुन नदिन सामाजिक क्षेत्रमा काम गर्ने निकायले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । यस्तो अवस्थामा स्वास्थ्य संस्थामा प्रयाप्त सामाग्रिको उपलब्धता नहुन पनि सक्ने भन्दै पूर्व तयारी स्वरुप अस्पताललाई उपलब्ध गराएकोमा उहाँले धन्यवाद दिनुभयो ।

माण्डविका कार्यक्रम संयोजक पार्वती भट्टराईले संकटका बेलामा सवैले सकेको सहयोग गर्नु पर्ने भन्दै यस्ता सहयोगले गर्दा कोरोनासंगको लडामाइमा जित्न सकिने बताउनुभयो । कोरोनाको संक्रमण हुन नदिनु सवै भन्दा बुद्धिमानी हुने र केही गरि संक्रमण भै हालेमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सवै भन्दा पहिला सुरक्षित बनाउनु आवश्यक रहेको भन्दै सहयोग गरिएको उहाँले बताउनुभयो । सवै कुरा सरकारको मात्र मुख ताकेर बस्ता समस्याको समाधान हुन नसक्ने भन्दै यतिवेला नागरिक पनि सचेत भई राज्यलाई सहयोग गर्नु पर्ने अवस्था रहेको उहाँको भनाई रहेको छ ।

Comment here