समाचार

सहकार्यद्धारा अस्पताललाई सहयोग

सिन्धुली, ८ चैत्र / कोरोना भाईरसले यति वेला विश्वलाई नै त्रसित बनाई रहेको छ । यो अवस्थामा स्वस्थ्य संस्थामा आवश्यक पर्ने सामाग्रिहरुको अभाव हुन नदिन सहकार्य नेपालले सिन्धुली अस्पताललाई सामाग्री हस्तान्तरण गरेको हो ।

सहकार्य नेपालले सम्मान परियोजना अन्तरगत अस्पताललाई कोरोना भाईरस मार्ने विषादी वितरण गरिएको छ ।अस्पताल परिसर तथा सेवा ग्राहीले छुईने स्थानमा स्प्रे गर्न क्लोरिन स्प्रे वितरण गरिएको बताईएको छ । यस्का साथै एक थान स्प्रे ट्याङ्की समेत प्रदान गरिएको छ ।


अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई उपाध्यक्ष सिर्मला तामाङ्गले हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण पछि अध्यक्ष पोख्रेलले यस्ता सहयोगले अस्पताल सञ्चालन गर्न टेवा पुगेको भन्दै सहकार्य नेपाललाई धन्यवाद दिनुभयो । सवैको साथ र सहयोगले अस्पतालमा कोरोना भाईरस विरुद्ध लड्न सक्ने क्षमता रहने भन्दै अस्पताल कोरोनाको संक्रमण हुन नदिन सचेत रहेको बताउनुभयो । साथै उहाँले सवै नागरिकलाई कोराना विरुद्ध हात धोएर लाग्न समेत आग्रह गर्नुभयो ।

Comment here