समाचार

सप्ताह, हाट बजार लगाउन नपाइने, मासु आयतमा पनि रोक लगाईयो

सिन्धुली, ८ चैत्र / सिन्धुलीको कमलामाई नगरपालिकाले केही समयका लागि स्थानीय हाट बजार सञ्चालन नगर्न आग्रह गर्नेको छ । आज बसेको बैठकले कमलामाई नगरपालिका भित्र सञ्चालन भएका हाट बजार सञ्चालन नगर्ने निर्णय गरेको हो ।

विश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाईरसको संक्रमण हुन बाट बचाउन नगरले यस्तो निर्णय गरेको मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै चैत्र मसान्त सम्म २५ जना भन्दा बढि भेला नहुन, सभा सम्मेलन तथा पुराणसञ्चालन नगर्न समेत आग्रह गर्नुभएको छ ।

यस्तै मासु जन्य बस्तुको कारोबार तथा उपभोगबाट पनि कोरोनाको संक्रमण हुन सक्ने भन्दै कमलामाई नगरपालिका क्षेत्र भित्र माछा,
मासु आयतमा रोक लगाईएको उहाँले जानकारी दिनुभयो । कमलामाई हुँदै अन्यत्र मासु जन्य बस्तुको ओसार प्रसार गर्न सक्ने तर कमलामाईमा विक्रि विरणका साथै उपभोगमा समेत रोक लगाईएको उहाँको भनाई रहेको छ । उपभोत्ताहरुलाई कमलामाई मा नै उत्पादित मासु उपभोग गर्न र राम्रो संग पकाएर मात्र खान उहाँले आग्रह गर्नुभयो । कमलामाई नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने समेत उहाँले बताउनुभयो ।

यस्तै विदेशी नागरिक कमलामाई नगरपालिका भित्र बस्न वा प्रवेश गर्न स्वास्थ्य जाँच गरेको र कोभिड–१९ निगेटिभ देखिएको प्रमाणपत्र अनिवार्य देखाउनु पर्ने निर्णय गरेको छ ।

काम बिशेष भन्दा बाहेक घर बाट बाहिर ननिस्कन आग्रह गर्दै यो समयमा आतंकित नभई संयमित हुन उहाँको आग्रह रहेको छ । व्यत्तिःगत सरसफाईमा ध्यान दिन उहाँको सुझाव रहेको छ ।

Comment here