समाचार

मरिण ठकाुरको सेवा, स्टल बजारमा बन्यो हात धुने धारा

सिन्धुली, ७ चैत्र / मरिण ठाकुर औषधि पसलले स्टलबाजारमा सवैले हात धुन पाउने गरि धारा निर्माण गरेको छ । कोरोनाको संक्रमण हुन बाट बचाउने उद्धेश्यले धारा निर्माण गरेको हो ।

बजार क्षेत्रमा मानिसको धेरै आवत जावत हुने हुँदा सावुन पानीले हात धुने उचित व्यवस्था नभएको भन्दै सवैले देख्ने गरि हात धुने धारा निर्माण गरेको पसलका सञ्चालक माधव देवकोटाले जानकारी दिनुभयो ।

६ हजारको लागतमा निर्माण गरिएको धारामा सर्वसाधारण तथा सवै नागरिकले ढुक्कका साथ सावुन पानीले हात धुन सक्ने उहाँको भनाई रहेको छ । उहाँले सावुन पानीले हात धोएर कोरोनाको संक्रमण हुन बाट बच्न पनि आग्रह गर्नु भएको छ । समस्या तथा संकटको अवस्थामा सेवा गर्नु नै धर्मको सार भएकाले सडक छेउमा आफुले धाराको व्यवस्था गरेको उहाँको भनाई छ ।

संकट तथा अप्ठ्यारको बेला निजी ब्यापारीहरु ठग्छन् भन्ने मानसिकताको विकास भएको अवस्थामा व्यवसायिले ठग्ने हैन सामाजिक दायित्व समेत बहन गर्नेछन् भन्ने सावित भएको छ । कोरोनाको संक्रमण हुन बाट आफु पनि बच्न र अरुलाई पनि बचाउन मरिण ठाकुर औषधि पसलले सवैमा अपिल समेत गरेको छ ।

Comment here