समाचार

कोरोनाको संक्रमण हुन नदिन सुकोसी गाउँपालिको उच्च सर्तकता

सिन्धुली, ७ चैत्र / यहाँको सुनकोसी गाउँपालिकाले विश्वभर फैलदै गएको कोरोना भाईरका कारण यसबाट हुने क्षती रोक्न पूर्वतयारी गरि रहेको छ ।

पालिकाले क्विक रेस्पोन्स टिम बनाएको छ । यस्तै कोरोनाको त्रासमा रहेका सर्वसाधारणलाई सुरक्षित र साबधान अप्नाउन घर–घरमा टोली परिचालन गर्ने भएको छ ।

कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराउन यस्तो टोली पठाउने तयारी भै रहेको गाउँपालिका अध्यक्ष दिपा वोहोराले जानकारी दिनुभयो । सवै नागरिकलाई सावुन पानीले हात धुन आग्रह गर्दै उहाँले नआत्तिन तर सावधानि भने अप्नाउन आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले आफु मातहतका सवै कार्यालयहरुमा सावुन पानीले हात धुने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । सर्वसाधारणको भिडभाड हुने कार्यालयहरु, वडा कार्यालय, बैक, सहकारी जस्ता कार्यालयहरुमा यस्तो व्यस्था गरिएको उहाँको भनाई रहेको छ । पालिकाले करिव रु १० लाख वरावरको पूर्व तयारी आवश्यक उपकरण तथा सामाग्री खरिद गर्ने, गाउपालिका अध्यक्षको सयोजकत्वमा र वडा वडा अध्यक्षको सयोजकत्वमा क्विक रेस्पोन्स टिम बनाउने निर्णय गरेको छ ।

यस्तै स्थानीयहरुमा अति आवश्यक काम वाहेक घर वाहिर नजान आग्रह गरेको छ । पालिकाले ज्वरो तथा रुघा खोकी लागेका विरामीको छुट्टै जाँच गर्ने व्यवस्था मिलाएको समेत पालिकाले जनाएको छ । आत्तिदैमा छुटकारा नपाउने भन्दै व्यक्तिगत सरसफाईमा मुख्य जोड दिन पालिकाले सवैमा अनुरोध गरेको छ ।

Comment here