समाचार

शैक्षिक संस्था बन्द गर्न कमलामाईको आग्रह

सिन्धुली, ६ चैत्र /  कमलामाई नगरपालिकाले नगर क्षेत्रमा रहेका सवै क्षैशिक संस्थाहरु चैत्र मसान्त सम्म बन्द गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विश्लभर फैलदै गएको कोरोना भाईरसका कारण नेपाल सरकारले सरकारी, सामुदायिक तथा निजि विद्यालयहरुलाई बन्द गर्ने निर्णय गरेसंगै कमलामाई नगरपालिकाको क्षेत्र भित्र रहेका सवै तहका विद्यालयहरु चैत्र ७ गते देखी चैत्र मसान्त सम्म बन्द गर्न आग्रह गर्दै सस्चना जारी गरेको हो ।

नगर शिक्षा अधिकारी शंकरराज लुईटेलले जारी गर्नु भएको सूचनामा कमलामाई नगरपालिका भित्र सञ्चालनमा रहेका क्याम्सहरुको पठन पाठन समेत बन्द गर्न आग्रह गरिएको छ ।

Comment here