समाचार

मेटरसाईकल चोरी गरि वेच्ने र चलाउने ५ जना सिन्धुलीबाट पक्राउ

सिन्धुली, ५ चैत्र / मोटरसाईकल चोरी गरि बेच्ने र चोरी गरि मोटरसाईकल चलाउने ५ जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ११ का ३५ बर्षिय सुर्यमान लोक्चन, सर्लाहीको हरिवन नगरपालिका १ का २० बर्षिय पेमा लामा, सिन्धुलीको मरिण गाउँपालिका ३ चनौटेका २१ बर्षिय सुनिल योञ्जन, सिन्धुलीकै कमलामाई नगरपालिका ४ ढकालगाउँका १८ बर्षिय साजन विशंखे र धनुषाको जनकपुर उपमहानगरपालिका २० का महमद रजाखखानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका लोक्चनले काठमाण्डौको जोरपाटिबाट हराएको बा ७४ प ७४७७ नम्बरको मोटरसाईकलको नम्बर परिर्वतन गरि ना ३८ प ९७४३ बनाई विक्रि गरेका थिए । यस्तै इलाका प्रहरी कार्यालय कपिलाकोटले काठमाण्डौबाट प्रदेश नं. १–०१–०२४–१६९२ र बा १९ प २५३९ नम्बरको मोटरसाईकल चोरी गरि चलाउदै आएको अवस्थामा पक्राउ गरेको हो । कमलामाई नगरपालिका ५ मा कम्पाउण्ड भित्र पार्किङ्ग गरि राखिएको ज १० प ८३०८ नम्बरको मोटरसाईकल चोरी गरेको आरोपमा बिशंखेलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । कमलामाई नगरपालिका ९ बाट ज ४ प ११२४ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा महमदलाई इलाका प्रहरी कार्यालय भिमानले चैत्र २ गते कमलामाई नगरपालिका ९ बथानचौरीबाट पक्राउ गरेको हो ।

Comment here