समाचार

अर्को निर्णय नहुन्जेल सम्म एसईई परीक्षा स्थगित

काठमाडौं, ५ चैत्र / भोली देखि हुन लागेको एसईई परीक्षा सरकारले रोक्ने निर्णय गरेको छ । अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट एसईई अनिश्चितकाललाई स्थगित गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो । अर्को निर्णय नभएसम्मका लागि कोरोनाको जोखिम कम गर्न यस्तो कदम चालिएको हो।’ यसअघि पोखरेल संयोजक रहेको उक्त समितिले मानिसहरूको भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

Comment here