समाचार

सिन्धुलीका मृगौला पीडित आदित्य किरणध्व्ज थापाको ज्यान बचाई दिन आग्रह

सिन्धुली, ५ चैत्र / सिन्धुली घर भएका २१ बर्षिय आदित्य किरणध्वज थापाको ज्यान बचाईदिन परिवारजनले आग्रह गरेका छन् । कमलामाई नगरपालिका ४ ढकालगाउँ निवासि थापाको दुवै मृगौला समस्यामा भएको र उपचार गर्न आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोग गरि ज्यान बाचाइदिन परिवाले आग्रह गरेका हुन ।

आदित्यका दाजु टंकध्वज थापाले भाईको हाल डायलसिस प्रविधिबाट उपचार गराई रहेको र आर्थिक भार भाईको उपचार गर्दा गर्दै थेग्न नसकिने आवस्थामा पुगेको भन्दै सहयोग गरि भाईको ज्यान बचाइ दिन सहयोगी मनहरुलाई आग्रह गर्नुभयो । हाल डायलसिस गरे पनि अन्ततः मृगौला प्रत्यारोपण गर्नु पर्ने र घरयासि आर्थिक अवस्था उपचार गर्दा गर्दै नाजुक बनेको भन्दै नातागोता, इष्टमित्र, छिमेकी, सहयोगि मन, बन्धुबान्धब एवं नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा आर्थिक सहयोग गरि ज्यान बचाइदिन उहाँले आग्रह गर्नु भएको छ ।

सहयोगि महानुभावले राष्ट्रिय बाणिज्य बैंक सिन्धुली शाखामा रहेको आदित्य किरणध्व्ज थापाको नाममा रहेको खाता नं. १०६००३६०७७१० मा रकम जम्मा गरि वा ९८४४२००६४३ तथा दाजु टंकध्वज थापाको मोवाईल नं. ९८४४०८०१४५मा सम्पर्क गरि थप जानकारी जिन सक्नुहुनेछ ।

Comment here