समाचार

पढाईशिविरका सहजकर्ताहरुलाई पुर्नताजगीतालिम

सिन्धुली, २ चैत्र / सिन्धुलीको गोलन्जोर र फिक्कलगाउँपालिकाका पढाई शिविर सहजकर्ताहरुलाई पढाई शिविर सम्बन्धि पुनर्ताजगी तालिम गोलन्जोर गाउँपालिका ग्वालटारमा सम्पन्न भएको छ । तालिममा पढाई शिविर सहजकर्ताहरुलाई पढाई शिविर संचालन तथा अभिभावक सचेतना बैढक प्रभावकारी रुपमा संचालन गर्नका निम्ति  क्षमता अभिवद्धदी गर्न, एक अर्काको सिकाइ तथा समस्याहरुलाइ एक अर्का विचमा प्रस्तुत गर्ने उद्धेश्यले संचालन गरिएको हो ।

३३ जना सहजकर्ताहरुको सक्रिय सहभागिता भएको  तालिमको सहजिकरण सिड्स नेपालका फिल्ड अधिकृतहरु होमनाथ बराल, सुमित्रा लुङ्गेली, शंकर लामिछाने लगायतले गर्नु भएको थियो ।  उतालिममा रहेको छ । तालिम अवधिभरमा उनिहरुले अहिले सम्म गरेका प्रगतिहरु, रामा्र अभ्यासहरु, भोगेका चुनौतिहरु, समाधानका प्रयासहरु र वालवालिकामा एवंम सहजकर्ता स्वंयममा आएका सकारात्मक परिवर्तनहरुका उत्सुकताका साथ प्रस्तुतगर्ने कार्यक्रमपनि रहेको थियो । कार्यक्रममाअभिभावक सचेतना बैठकलाई ध्यानमा राख्दै यसबारे पुर्नताजगी समेत गराइएको छ ।

जिल्लाका तिन वटा गाउँपालिकाहरु क्रमश (गोलन्जोर, तिनपाटन तथाफिक्कल) का १५ वटा सरकारी विद्यालयहरुमा विगत केहि समय अघिबाट शिक्षाप्राविधिक परियोजना सिड्स नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालन भईरहेको छ । जस अन्तर्गत सम्बन्धित गाउँपालिका, वडा तथा विद्यालयहरुको प्रत्यक्ष सहकार्यमा सन् २०१८ देखि ५३ वटापढाई शिविर स्थापनाभई निरन्तर रुपमा संचालन भईरहेका छन् । स्थानिय पढाई शिविर सहजकर्ताहरुले आफ्नो टोलका १ कक्षा देखि ३ कक्षा सम्मका वालवालिकाहरुलाई पढाई शिविरमा हरेक शनिवार ९० मिनेट खेल तथा गितको माध्यमबाट सात वटा चरणहरु (स्वतन्त्र खेल, गित, एजेण्डा प्रस्तुत, कथावाचन, पढाई लेखाई क्रियाकलाप, बनाउ र लैजाउ र दैनिकी टिपोट) मा रहि पढाउँदै आएका छन् । साथै सहजकर्ताहरुले नै तिनै पढाई शिविरमा सहभागिवाल वालिकाहरुका अभिभावकहरुलाई पढाई सचेतनाबैढक समेत गर्दै आइरहेका छन् । जसमा अभिभावकहरुलाई आफ्ना वालवालिकाहरुको पढाईलाई दैनिक जीवनसँग जोड्ने र उनिहरुलाई पढ्ने समयमा सक्रिय समय दिनुपर्ने तथा घरमापनि स्थानिय स्तरका शैक्षिक सामाग्रीहरुको निर्माण गर्न तथा पृष्ठपोषणका कुराहरुलाई वालवालिकाहरु माथि सहि रुपमाप्रयोग गर्नुपर्ने कुराहरलाई जोड दिदै आएका छन् । यस तालिममा सहभागिहरुले शैक्षिक सामाग्रीहरु समेत निर्माण गर्न सिकेका थिए । तालिम फागुन २८ देखि ३० सम्म संचालन भएको थियो ।

Comment here