समाचार

सिन्धुलीमा दादुरा रुवेला विरुद्धको खोप सुरु

सिन्धुली, २ चैत्र / सिन्धुलीमा आज बाट पहिलो चरणमा पाँच वटा गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । पहिलो चरणमा तिनपाटन गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अभियान सुरु भएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोल्चेन निरिक्षक उद्धव खड्काले जानकारी दिनुभयो । यो अभियान चैत्र १० गते सम्म सञ्चालन हुने उहाँको भनाई छ ।

यस्तै दोस्रो चरण अन्र्तगत चैत्र १४ गते देखी २२ गते सम्म कमलामाई नगरपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । उहाँले ९ महिनादेखि ५ बर्ष मुनिका सवै बालबालिकाहरुलाई आफ्नो घर नजिकको खोप केन्द्रमा लगि दादुरा रुवेला विरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । खोप केन्द्रहरुमा प्राविधिक सहित स्वास्थयकर्मीको टोली पठाईएकाले बालबालीकालाई खोल लगाउन आग्रह गर्दै कुनै पनि बालबालिकालाई नछुटाउन उहाँले आग्रह गर्नुभयो ।

Comment here