समाचार

सिन्धुलीमा सवारी दुर्घटनामा ६ जना घाईते

सिन्धुली, १ चैत्र / सिन्धुली जिल्लामा शनिबार भएका दुर्घटनामा ६ जना घाईते भएका छन् । रामेछापबाट सिन्धुली तर्फ आउदै गरेको बा.२३ प.३९९१ नम्बरको मोटरसाईकल र सिन्धुलीमाढीबाट चियाबारी तर्फ जाँदै गरेको प्रदेश ३–०२–००९ प ९५०३ नम्बरको मोटरसाईल एक आपसमा ठक्कर खाँदा ४ जना घाईते भएका छन् ।

सिन्धुली तर्फ आउदै गरेको मोटरसाईकलमा सवार कमलामाई नगरपालिका १० निवासि ३३ बर्षिय शंकर काकी, कमलामाई नगरपालिका ६ धुराबजार निवासि ३५ बर्षिय हेमबहादुर मानन्धर, चियाबारी तर्फ जादै गरेको मोटरसाईकलमा सवार कमलामाई नगरपालिका ६ पानिट्याङ्गकी निवासि २७ बर्षिय प्रविण पौडेल र २१ बर्षिय प्रज्वल पौडेल घाइते भएका छन् । चारै जनालाई उद्धार गरि सिन्धुली अस्पतालमा उपचार गरि थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । कार्की र मानन्धर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार हुन् ।

यस्तै कमलामाई नगरपालिका १ डाडीगुरासेमा मोटरसाईक दुर्घटना हुँदा एक जना घाईते भएका छन् । घाईते भएका प्रदिप ढकालको पनि थप उपचारका लागि काठमाण्डौ लगिएको छ । अटोको ठक्करबाट घाईते भएका १० बर्षिय प्रतिक कार्कीको भने सिन्धुली अस्पतालमा उपचार भै रहेको छ ।

Comment here