समाचार

करेन्ट लागेर एकको मृत्यु, तीन घाईते

सिन्धुली, १ चैत्र / सिन्धुलीमा बत्तीको स्वीज बाट करेन्ट सर्ट हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
कमलामाई नगरपालिका ७ सिम्ले निवासि ४० बर्षिया माइती माया भोलनको घर बाहिर हावाहुरी चलेका कारण बत्ती बाल्न खोज्दा चार जनालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

करेन्ट लागेर सिम्ले निवासि २८ बर्षिया देब कुमारी घिसिङ्ग, ४३ बर्षिय पदमबहादु वाइबा, र ४२ बर्षिय ज्ञानबहादुर थिङ्गको हात हत्केला र औंलाहरु जलेको र उनीहरुको सिन्धुली अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यमबहादुर खत्रीले जानकारी दिनुभयो ।

Comment here