समाचार

कमलामाई नगरपालिकाको निःशुल्क स्वस्थ्य विमाले संजिताले पाएको नयाँ जीवन

सिन्धुली, ३० फागुन ÷ कमलामाई नगरपालिका २ निवासि अढाई बर्षकी संजिता लाखे गत शुक्रबार लडेर बेहोस भईन् । आमासंगै खेतको आलिबाट २० मिटर तल खसेकी संजिता आमाको हात र काख दुवै बाट खुस्किन पुगिन । आमाको हात बाट खुस्किएर २० मिटर तलको खनिउको रुखमा पुगेर उनको टाउको ठोखिन पुग्यो र उनी वेहोस भईन । एकै छिनमा आमा र उनका परिवारमा रुवावासि चल्यो ।
साथमा पैसान नहुनु गरिबीको चपेटामा दैनिक मजदुरी गरेर दैनिकि दुःख सुख गरेर चलाई रहेको बेला कल्पना नेपालीलाई ठुलो समस्या आई लाग्यो ।
बाबु खेतमा खन्दै थिए म अतालिदै छोरी भएको ठाउमा पुगे छोरी वेहोस अवस्थामा थिईन् वोलाई वोल्ने अवस्था भएन हतार हतार खोला नजिक लगेर पानी खुवाए र शरिरमा पानी छम्कीदिए आमा कल्पना नेपालीले भन्नुभयो । छोरीलाई बचाउन सकिदैन भन्ने लग्यो तै पनि प्रयास गरौ भनेर सिन्धुली अस्पतालमा तत्कालै ल्याईयो तर सिन्धुली अस्पतालमा उपचार हुन सक्दैन डाक्टरहरुले भने उनकको मनले झनै हरेस खायो । अस्पतालको तर्फबाट धुलीखेल लैजानु भनियो तर साथमा पैसा थिएन उहाँले भन्नुभयो ।

गह भरी आसु पार्दै उहाँले भन्नुभयो ‘धुलिखेल लैजादा छोरीले बाटामा रगत नै बान्ता गरिन् मन नै चिसो भयो र निराश हुदै धुलिखेल तर्फ लागियो ।’ छोरीले रगत नै वान्ता गरेपछि एम्बुलेन्स चालकले पनि अवस्था जटिल छ भनेपनि झन् आत्तियौ उहाँले भन्नुभयो ‘धुलिखेलको अस्पतालमा चिनेको कोही छैन् कसरि उपचार गर्ने होला पैसा नहुँदा छोरी बचाउन सकिन्न भन्ने थाहा छ तैपनि पुरै मन मारि सकेको अवस्था छैन साथमा स्वास्थ्य विमाको कार्डले केही गर्छकी भन्ने मात्र झिनो भरोसा रहेको छ ।’ धुलिखेल अस्पताल पुगेपछि डाक्टरले भने ‘बच्चाको अवस्था जटिल भएको भन्दै केही उपचार पछि आईसियुमा राख्नुभयो र डाक्टरले तपाईको बच्चा बचाउन प्रयत्न गर्ने छौ, तर समस्या जटिल छ, मन मनै सोचे छोरीलाई जीवत अवस्थामा घर पु¥याउन सकिने छैन ।’ उहाँले भन्नुभयो ।
विस्तारै केही घण्टा पछि छोरीको होस खुल्यो र आश पलायो अनी लाग्यो स्वास्थ्य विमाको कार्डले त छोरीलाई नयाँ जन्म दियो । उहाँलेसोच्नु भयो स्वास्थ्य विमा गराउन ३५ सय लाग्छ भन्ने सुनेको थिए तर कस्ले विमा गरि दियो आज त्यहि एउटा कार्डले विना पैसा छोरीले उपचार पाईन् उनले उपचार मात्र हैन नयाँ जीवन पाईकि छिन् । स्वास्थ्य विमा गराउनेलाई एक पटक भेटेर धन्यवाद दिनै पर्छ ।
गाउँ फर्केको केही दिन पछि स्वास्थ्य विमा गराउने व्यक्तिलाई भेटे बल्ल थाहा भयो पैसा नहुनेको त कमलामाई नगरपालिकाले पो स्वास्थ्य विमा गरि दिएको रहेछ । एक पटक धन्यवाद दिन नगरपालिका जान्छु भन्दै उहाँ विहिबार कमलामाई नगरपालिका मेयर खड्गबहादुर खत्रीको कार्यकक्षमा आउनु भयो । तर नगरपालिकाको मेयरको न उहाँलाई नाम थाहा थियो न अनुहार नै चिन्नु भएको थियो सोधी खोजी गर्दै मेयर खड्गबहादुर खत्रीको कार्यकक्षमा पुग्नु भयो ।

उहाँले भन्नुभयो ‘रोजगारी केही छैन् पर्याप्त जमिन नहुँदा पनि खानलाई बाँकी २ पेजमा धौ धौ छ दैनिकि ज्याला मजदुरी गरेर छाक टार्नेको घरमा फेरी खुसि थपि दिने मेयर ज्यू, तपाईलाई धेरै धेरै धन्यवाद छ ।’ हाम्रा लागि तपाई भगवान हुनुहुन्छ, हामी गरिव जनताको अभिभावक वन्नुभयो यदि स्वास्थय विमा नगरेको भए मैले छोरी गुमाउने रहेछु उहाँले भन्नुभयो । मृत्युको मुख बाट समेत छोरी फर्काउा सफल भईयो आमा कल्पनाले भन्नुभयो ‘अहिले छोरी पहिलाको जस्तै सामान्य नै छिन् केही दिन पछि अस्पतालले वोलाएको छ लिएर जान्छु । अध्यारो ढोका लागेको घरमा अहिले उज्यालो छाएको छ ।’

त्यस पछि मेयर खत्रीले भने ‘जनताले निर्वाचित गराएपछि विपन्न वर्गको पक्षमा कमलामाई रहेको छ उहाँरुलाई नेपाल सरकारले ल्याएको सेवा सुविधा कसरि प्राप्त गर्न सक्छन् भन्ने पक्षमा रहेको र विपन्न वर्गहरुको निःशुल्क स्वास्थ्य विमा कमलामाईले गराउने छ ।’ कमलामाईले ३ कठ्ठा भन्दा कम जमिन भएका र दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका घर परिवारको स्वास्थय विमा गराउने मापदण्ड बनाएको छ उनले भने । सवै विपन्न वर्गको स्वासथय विमा गराउन नगरपालिकाले ३० लाख पैसा छुट्याएको छ उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीका अनुसार यस आर्थिक बर्ष बाट सुरु भएको विपन्न घर परिवारको स्वास्थ्य विमा गराउने कार्यक्रम अनुसार १४ वटै वडाका ३९४ घर परिवारका १८४५ जनाको स्वास्थ्य विमा गराई सकिएको छ । अरु बाँकी रहेका घर परिवारको पनि स्वास्थ्य विमा गराईने उहाँको भनाई रहेको छ ।

Comment here