समाचार

कमलामाई नगरपालिकाको विपन्न घरपरिवारको स्वस्थ्य विमा योजना

सिन्धुली, २९ फागुन / सिन्धुलीको कमलामाई नगरपालिकाले निःशुल्क स्वास्थ्य विमाको योजना अनुसार आज बाट स्वास्थ विमाको कार्ड वितरण गरेको छ । बाट ग्वाङ्ग खोलाको किनारमा गिट्टी कुटेर दैनिकि चलाउदै आएका विपन्न बर्गको स्वास्थ्य विमा नगरपालीकाले गराएको हो ।

आज मेयर खड्गबहादुर खत्रीले गिट्टी कुटेर दैनिकि चालउने विपन्न वर्गको गिट्टी कुट्ने स्थलमा नै पुगेर कार्ड वितरण गर्नु भएको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम बाट विपन्न वर्गले सेवा लिन नसकेको सन्र्दभमा कमलामाईले यस्तो योजना अघि सारेको र उहाँहरुको स्वास्थ्य विमा गर्दा लाग्ने ३५०० रुपैंया कमलामाईले तिर्ने मेयर खत्रीले बताउनुभयो ।

निर्वाचित जनप्रतिनिधिहरुले के गर्दा विपन्न वर्गहरुको जीनव स्तरमा केही सहजता ल्याउन यस्तो अभियान चलाईएको उहको भनाई रेको छ । विपन्नहरुको विमा नविकरण आगामी बर्ष कमलामाईले नै गरि दिने र खोलामा गिट्टी कुटेर जीवन निर्वाह गर्नेहरुको खोज गरेर भनेपनि कमामाईको तर्फबाट स्वास्थ्य विमा गराउने छ उहले भन्नुभयो ।

बिहिबार परिचय पत्र प्राप्त गर्नेहरुले २०७७ जेठ महिना बाट सरकारले तोकेको सेवा सुविधा प्राप्त गर्न सक्ने कमलामाई नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले जानकारी दिनुभयो । विहिबार १२ घर परिवारका ५३ जनको स्वास्थ्य विमा परिचय पत्र वितरण गरिएको र यो अभियान निरन्तर चल्ने उहको भनाई रहेको छ ।

Comment here