साहित्य

एक पटक पढ्नै पर्ने कविता : कोरोना

आयो नौलो हलचल भयो,विश्वको शेखि झार्यो
छेक्ता छेक्तै सलबल गर्‍यो,धर्तिमा चुट्कि मार्यो
कोही छेक्छन् गगन शिरमा,हेलिले छाँद मारी
कोही रोक्छन् नदि नहरमा,वालुवाले थुपारी

खाए चाम्रो रगत रस त्यो,स्वाद शून्य चमेरो
रूगा मर्की सहित पसिगो,जंगली त्यो गडीगो
काम्यो कम्पन् गडबड भयो,लोक सारा डरायो
कोरोना भाइरस कुलको,झोक झार्दै करायो

छैनन् कोही विजय पथमा,रोक्न सक्ने तयार
छैनन् कोही दलिन घरमा,बाध्न सक्ने जवान
डाडा पाखा शहर बिचका,पोखरी ताल डाक्यो
आयो सानो तर जहरको,जोसले मस्त खायो

रोए प्यारा मनुज ममता,गर्जना धेर गर्दै
के सुन्थ्यो त्यो अजिव खलले,नाकमा फूल पार्दै
कोकोहोलो सडक विचमा,हिड्न गारो खुलामा
कस्तो ज्याद्रो निडर जिव त्यो,छिद्र ताक्ने धुलामा

व्यर्थै हल्ला हडबड भयो,बन्नु मात्रै चनाखो
सारा निम्ती गरि अति सफा,बस्नु सारै छ राम्रो
ताजा तातो तरल भलले,स्वस्थता ल्याउनेछ
कोरोनाको भय भवदिको,केहि टाडा धकेल्छ

हरी अधिकारी
कमलामाई ५ गैयाटार सिन्धुली

Comment here