समाचार

रेड पाण्डाको छाला सहित सिन्धुलीका एक युवा संगै चारजना पक्राउ

सिन्धुली, २७ फागुन / सिन्धुलीको तिनपाटन गाउँपालिका ४ बालाजोरका एक युवा सहित चार जना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई रेड पाण्डाको छालासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको तिनपाटान गाउँपालिका ४ वालाजोर घर भई हाल काठमाडौं कपन पैयुटार बस्ने ३९ वर्षीय सुरजकुमार भुजेल, धादिङको धुनिवेशी नगरपालिका–७ झाप्रे घर भई हाल ललितपुर ढोलाहिटी बस्ने ४० वर्षीय कुम बहादुर लामा, कास्कीक मादी गाउँपालिका वडा नम्बर ८ तारकाङ घर भइ हाल ३७ वर्षीय युवराज सापकोटा र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ कपन बस्ने ४० वर्षीया कमला तामाङ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनबाट नियन्त्रणमा लिएको जनाएको छ ।

Comment here