समाचार

६५ जना श्रमीक महिला सम्मानीन

सिन्धुली, २५ फागुन / कमलामाई नगरपालिकाले आज ६५ जना श्रमीक महिलालाई सम्मान गरेको छ । अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा श्रमीक महिलालाई सम्मान गरेको हो ।

कमलामाई नगरपालीकाका मेयर खड्गबहादुर खत्रीले ग्वाङ्ग खोलाको किनार तथा फोस्रेटार स्कुल नजिकको खहरे खोलामा गिट्टी कुट्ने श्रमीक महिलालाई सम्मान गर्नु भएको छ । उहाँले नगरपालिकाको तर्फबाट दोसल्ला ओढाई एक हजार नगद सहित सम्मान गर्नु भएको हो ।


आज एक दिन काम नगरि आरा मगर्न अनुरोध गर्दै एक दिनको ज्याला हुन आउने रकम एक हजार प्रदान गरिएको मेयर खत्रीले बताउनुभयो । जनप्रतिनिधि आएपछि मजदुरहरुको पक्षमा कसरी काम गर्न सकिन्छ, श्रमजीवी सर्वहारा बर्गको कसरि उत्थान गर्न सकिन्छ भनेर कमलामाई नगरपालिका लागि परेको छ उहाँले भन्नुभयो ।

कोरोनाको शंन्त्रास पछि सरकारले सार्वजनीक कार्यक्रम नगर्ने सरकारको नीति अनुसार कमलामाई नगरपालिकाले भिन्न तरिकाले श्रमीक महिलालाई सम्मान गरेको सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले जानकारी दिनुभयो । उहाँका अनुसार खोलाको किनारमा श्रम गरेर जीवन विताउदै आएका महिलाहरुलाई सम्मान गरिएको हो ।

विहान दिउसो जतिवेला पनि ग्वाङ्ग खोलाको किनारमा गिट्टी कुटेर जीवन निर्वाह गर्नेको लाईन थियो । कमलामाई नगरपालिकाले पैसा सहित सम्मान गरेपछि आज एक दिन श्रमीक महिलाहरुले आरामा गरेका छन् । सम्मान पाएपछि छाता, डोको र हम्बर बोकेर श्रमीक हिलाहरु घर फर्किए ।

Comment here