बागमतिसमाचार

पत्रकार महासंघ सिन्धुली शाखालाई कम्पुटर हस्तान्तरण

सिन्धुली, २४ फागुन /  नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई आज एक थान कम्युटर प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीको पहलमा हेटौडाका युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले कम्प्यूटर हस्तान्तरण गर्नु भएको हो ।

उहाँले शनिबार सिन्धुली शाखा मै आएर सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन)लाई हस्तान्तरण गर्नु भएको हो ।
कम्प्यूटर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले सिन्धुलीमा आएर पत्रकार महासंघलाई कम्युटर हस्तान्तरण गरेकोमा धन्यबाद दिनुभयो । हेटौडामा ब्याबसाय गरेको युवा ब्याबसायिले सिन्धुलीको पत्रकार महासंघ शाखालाई सहयोग गरेको प्रति पंशंसा गर्दै आफु पनि सिन्धुली शाखामा अक्ष्ययकोष स्थापना गर्न तथा अन्य विकासका गतिविधि गर्न आतुर रहेको बताउनुभयो ।


त्यसैगरी हेटौडाका युवा व्यवसायी अर्यालले सिन्धुलीको समग्र पत्रकारिता क्षेत्रको विकासका लागि सहयोग गर्ने अवसर मिलेको बताउनु भयो । सञ्चार क्षेत्रमा स्रोत साधन जति धेरै भयो त्यति नै पत्रकारिता क्षेत्र सबल र मजबुत हुने भएकाले आफुले कम्युटर सहयोग गरेको उहाँको भनाई छ ।

जिल्ला शाखालाई सहयोग स्वरुपम एक थान ४५ हजार मुल्य बराबरको डेल कम्पनीको कम्युटर उपलब्ध गराउन आफुले पहल गरेको गिरिजा अधिकारीले बताउनुभयो । सिन्धुलीमा रहेका सञ्चार माध्यमहरुका समस्या समाधान गर्ने तर्फ तथा जिल्लाको पत्रकारीताको विकासका लागि प्रदेशबाट हुनु पर्ने आवश्यक सहयोगका लागि आफु पहल गर्न तयार रहेको अधिकारीले बताउनुभयो ।

जिल्ला शाखालाई कम्युटर प्रदान गरेको भन्दै जिल्ला शाखाले कम्युटर प्रदान गर्ने हेटौडाका युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्याल र पहल गर्ने हेटौडाका पत्रकार गिरिजा अधिकारीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

Comment here