बागमतिसमाचार

सिन्धुलीमा टेलिकमको टावरमा चट्याङ्ले क्षती पुर्‍यायो

सिन्धुली, २४ फागुन / सिन्धुलीमा आज नेपाल टेलिकमको टावरमा चट्याङ परेको छ । गोलन्जोर गाउँपालिका ५ भिमसेन डाँडामा रहेको टावरमा चट्याङ परेको हो ।

विहान पानी संगै परेको चट्याङले टावरमा क्षती पुर्‍याएको र नजिकै रहेका ५ वटा घरको विद्युत मिटरबक्समा समेत क्षती पुगेको जिल्ला प्ररही कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

यता नेपाल टेलिकम सिन्धुलीका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा सवै उपकरणमा क्षती पुगेको र भोली प्राविधिक टोली आउने जानकारी दिनुभयो । प्राविधिक टोली बोलाएर चाडै नै सेवा सुचारु गर्ने प्रयास भै रहेको उहाँले बताउनुभयो ।

Comment here