बागमतिसमाचार

सिन्धुली एग्रोले खोलाको बहाव क्षेत्र मिचेर पोखरी निर्माण गरेपछि

सिन्धुली, २३ फागुन / सिन्धुलीमा कृषिमा आधुनिकीकरण गर्न प्रतिष्ठिन ब्यक्तिहरुको संलग्नतामा सिन्धुलीको कमलामाई नगरपालिकामा सिन्धुली एग्रो कम्पनि प्रा.लि सञ्चालनमा आएको छ । उस्ले हिरापानी लगाएत आसपासको खेत भाडामा लिएर तरकारी खेती गरेको छ ।

त्यतिमात्र हैन सिन्धुली एग्रोले खोलाको बहाव क्षेत्र समेत मिचेर पोखरी निर्माण गरेको छ । पोखरी निर्माण नगर्न स्थानीले आग्रह गरेपनि शक्ति र पहँुचका आधारमा खोलाको बहाव क्षेत्र नै मिचेर पोखरी निर्माण गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ मा पर्ने खहरे खोलाको बहाव क्षेत्र मिचेर पोखरी निर्माण गरिएको छ । खोलाको बहाव क्षेत्र मिचेर सिन्धुली एग्रो कम्पनि प्रा.लिले पोखरी निर्माण गरेको हो ।

उक्त खहरे खोलाले वि.स. २०४१ सालमा धार परिवर्तन गरि नजिकैको चौरी कटान गरि नयाँ धार कायम गरेको स्थानीय प्रकाश अधिकारीले जानकारी दिनुभयो । तर खोलाले धार परिवर्तन गरेपछि साविक खोलाको बहाव क्षेत्र मिचेर एकतौटी पोखरी निर्माण गरिएको छ उहाँले भन्नुभयो । उक्त खोला हाल पनि नयाँ धारमै बग्दै आएको र बास्ताविक खोलाको क्षेत्र मिचेर पोखरी निर्माण नगर्न आग्रह गर्दा पनि पोखरी निर्माण गरेको उहाँले बताउनुभयो ।

पोखरी निर्माण गर्ने क्रममा स्थानीयले पटक पटक उक्त खोलाको क्षेत्रमा पर्ने जमिन नमिच्न आग्रह गरेपनि एग्रोले जवरजस्ति पोखरी निर्माण गरेको उहाँको भनाई छ । सञ्चालकले भुवन फुयाँलको नाममा भएको जग्गा भाडामा लिई पोखरी निर्माण गरेकास्थानीयले बताएका छन् ।

कम्पनिले जग्गा भाडामा लिएपनि नक्सा अनुसार जग्गा भोगचलन गर्नु पर्ने भन्दै खोलाको क्षेत्र भित्र पर्ने जमिनमा पोखरी निर्माण नगर्न आग्रह गरेपनि जर्वजस्ती पोखरी निर्माण गरिएको र सो विषयमा आवश्यक छलफल गरि खोलाको जमिन फिर्ता गरिदिन स्थानीय जनप्रतिनिधि समक्ष उहाँले आग्रह गर्नुभयो । सार्वजनिक जग्गा कहि कसैले उपभोग गर्न नहुने र सर्वाजनिक जग्गालाई यसरि व्यक्तिले हडपेकोमा स्थानीयले बिरोध गरेका छन् ।

Comment here