समाचार

शेरबहादुरले पार्टी त्यागे, प्रशासनमा आत्मसमर्पण गरे

सिन्धुली २२ फागुन / जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आज विप्लव समुहका एक जना कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । संगठित अपराध, आगजनी, बम विस्फोट लगायतका मुद्दामा धरौटीमा छुटेका हरिहरपुरगढी गाउँपालिका–३ गुरुजी घर भएका ४२ वर्षीय शेरबहादुर वाइवा आत्मसमर्पण गर्नु भएको हो ।

प्रहरीले उहाँलाई गत मंसिर २० गते होटौडाबाट पक्राउ गरेको थियो । राजनीतिक गतिविधि त्यागेर सामान्य जीवनयापन गर्ने बताएपछि वाईवालाई वाग्मती प्रदेशसभा सदस्य लेखनाथ दाहालको रहोबरमा छाडिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

Comment here