समाचार

सिन्धुलीमा सार्वजनिक कार्याक्रम नगर्न आग्रह

सिन्धुली, २२ फागुन / जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मेला महोत्सव नगर्न तथा नगराउन आग्रह गरेको हो ।

मित्र राष्ट्र चीनमा सर्वप्रथम देखा परेको कोरोना भईरस विश्वका विभिन्न मूलुकमा फैलदै विश्व व्यापि चुनौती बन्न पुगेको भन्दै उक्त भाईरसबाट संक्रमित हुनबाट जोगिन जात्रा, पर्व, मेला महोत्सव नगर्न नगराउन जिल्लाबासी आम नागरिक समक्ष जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरेको छ । कोरोना भाईरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिई सम्भावित संक्रमण रोक्न सहयोग गर्न सम्पुर्ण जिल्लाबासीलाई प्रशासनले अपिल गरेको छ ।

Comment here