राजनीति

मैनालीको दुर्घटना नियोजित

काठमाण्डौ, २१ फागुन /  नेकपा (माले)ले पार्टी महासचिव सीपी मैनालीको सडक दुर्घटना नियोजित रहेको ठहर गरेको छ ।

स्थायी कमिटी सदस्य डम्बर श्रेष्ठको अध्यक्षतामा फागुन २०–२१ गते पार्टी केन्द्रीय कार्यालय रातोपुल काठमाडौंमा सम्पन्न बैठकले यस्तो ठहर गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा मालेले मैनालीको दुर्घटना एमसीसी सम्झौता खारेजी र भारतद्धारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउन जारी आन्दोलनमा लागेका नेतालाई भौतिक रुपबाटै समाप्त पार्ने नियतले गराईएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको जनाइएको छ ।

मालेले दुर्घटनाको सीआईबीद्वारा जाँच गराउन सरकारसँग माग गर्ने र पार्टीको गठित कार्यदलद्वारा जनस्तरबाट छानबनि गराउने समेत जनाएको छ ।

Comment here