बागमतिसमाचार

सुन तस्करीको यस्तो नयाँ रणनीति

हेटौडा, २० फागुन / तस्करीका नयाँ नयाँ शैलि तथा तरिकाहरु सार्वजनिक भै रहेका छन् । अझ सुन तस्करीहरुले प्रहरीको आँखा कसरि छल्ने र आफु सफल हुने भन्दै यस्ता योजना अनुसार तस्करी गरि रहन्छन् ।

होटौडामा आज त्यस्तै एउटा नयाँ सुन तस्करीको जुक्ती प्रहरीले फेला पारेको छ । हेटौंडा–१५ रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा यस्तो रणनीति पत्ता लागेको हो ।

प्रहरीले ६ किलो २ सय ८९ ग्राम ३५० मिलि ग्राम सुन सहित एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्नाटकका ४२ बर्षीय अब्दुल मजिद अनेकल रहेका छन् । अब्दुलले उक्त परिणामको सुन गाडीमा प्रयोग हुने फलामको बेरिङ्ग भित्र लुकाएर ल्याएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो । प्रहरीलाई बेरिङ्ग भित्रबाट सुन निकाल्न मात्रै करीब ३ घण्टा लागेको थियो । सो सुनको नेपाली बजार मुल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रहेको जनाइएको छ ।

Comment here