समाचार

कोरोनाको त्रास : तत्काल वार्षिक परीक्षा सम्पन्न गर्न मन्त्रालयको निर्देशन

काठमाडौं, २० फागुन / अगामी चैतको ५ गते सम्म बार्षिक परीक्षा सक्न विद्यालयलाई निर्देशन दिईएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी सम्पन्न गरिसक्न निर्देशन दिएको हो ।

पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको संक्रमण र संत्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै विद्यालयलाई परीक्षा सम्पन्न गर्न निर्देशन दिएको हो ।

साथै मन्त्रालयले ‘विद्यायय तथा विद्यालय परिसरमा सभा, समारोह, वार्षिक उत्सवलगायतका भेला हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना नगर्न, नगराउन पनि मन्त्रालयले सबैमा आह्वान गरेको छ ।

Comment here