समाचार

एसइइलाई आगामि बर्ष मिश्रित बनाउने सहमति

सिन्धुली, १९ फागुन / सिन्धुलीमा आगामी बर्षको एसइइ थप व्यवस्थित र परीक्षा सञ्चालन बैज्ञानिक तरिकाले सञ्चालन हुने भएको छ ।
आज प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा विद्यार्थी संगठन/संघका प्रतिनिधि लगाएत सरोकारवालहरुको उपस्थितीमा बसेको बैठकले विद्यार्थीहरुसंग यस्तो सहमति भएको हो ।

एसइइ परीक्षालाई व्यवस्थित र मिश्रित वनाउन जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुको माग पछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको शिक्षा विकास तथा समन्वय इकाई र परीक्षा संचालन समितिसँगको छलफलले यस वर्षको तयारी अन्तिम चरणमा रहेकोले आगामी वर्ष २०७७ बाट विद्यार्थीको माग अनुसार सामुदायिक र नीजि विद्यालय मिश्रित गराई परीक्षा केन्द्र तय गरीने लिखित निर्णय सहितको प्रतिबद्धता भएको छ ।

विद्यार्थीहरुले शिक्षा विकास तथा समन्वय इकाईले निजि विद्यालयहरुको मनोवल बढाउने गरि परीक्षा केन्द निर्धारण गरेको भन्दै, सरकारी र निजि विद्यालयहरुको एकै ठाउँमा मिश्रित तरिकाले परीक्षा सञ्चालन गर्न माग गर्दै फागुन १६ गते शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाएको थियो ।

Comment here