समाचार

ट्याक्टरबाट खसेर मृत्यु

सिन्धुली, १९ फागुन / यहाँको कमलामाई नगरपालिका १३ रुचानीमा अन टेष्ट ट्याक्टरबाट खसेर एक जानको मृत्यु भएको छ ।

हिजो भएको दुर्घटनामा कमलामाई १३ कै ४० बर्षिय बृषलाल माझि ट्याक्टरबाट अचानक खस्न गई ट्रयाक्टरको बांया साईडको चक्काले टाउकोमा किचेको र घनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।
रुचानि स्थित ग्रामिण सडक खण्डमा कमलाखोलाबाट रुचानि गांउ तर्फ जाँदै गरेको ट्याक्टरबाट खस्दा एक जानको मृत्यु भएको हो । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Comment here