बागमतिसमाचार

सिन्धुलीमा एसईइको परीक्षा केन्द्र निर्धारण प्रति विद्यार्थीहरुको आपत्ती

सिन्धुली, १६ फागुन / सिन्धुलीका दुई विद्यार्थी संघ/संगठनले आज जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीमा ज्ञापन पत्र बुझाएका छन् ।

एसईइ परीक्षाको परीक्षा केन्द्रहरु बैज्ञानिक नभएको भन्दै मिश्रीत र बैज्ञानिक ढंगले परीक्षा केन्द्र तोक्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ सिन्धुलीले ज्ञापन पत्र बुझाएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेललाई ज्ञापन पत्र बुझाउदै विद्यार्थीहरुले हाल तोकिएका परीक्षा केन्द्रहरु बैज्ञानिक नभएको, निजी विद्यालय सञ्चालकहरुको मनोवल बढ्ने गरी परीक्षा केन्द्र तोकिएको भन्दै तत्काल बैज्ञानिक तरिकाले परीक्षा केन्द्र निर्धारण गर्न माग गरेका छन् ।

निजी विद्यालयहरुलाई प्रोत्साहित गर्ने गरी एकै स्थानमा परीक्षा केन्द्र तोकिएको प्रति आप्ती जनाउदै, बैज्ञानिक ढंगले सरकारी र निजी विद्यालयहरुको मिश्रित परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

यदि माग पुरा नभए यसको परिणाम जस्तो सुकै आउन सक्ने र यसको परिस्थितीको सामना गर्न साथै उक्त परिस्थितीको जिम्ेवार पनि स्वयम शिक्षा विकास तथा समन्वय इकाइैले व्यहोर्न पर्ने ज्ञापन्पत्रमा उल्लेख गरिएको छ ।

यता शिक्षा विकास समन्वय प्रमुख गजुरेलले यस बर्ष विद्यार्थीहरुको माग पुरा गर्न नसकिने सरोकार खबरलाई बताउनुभयो । उहाँले भन्नुभयो ‘एक साता अघि नै सवै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पठाई सकेका छौ, सिम्बोल नम्बर पनि तयारी भै सहेको छ परीक्षा सञ्चालनको तयारी सवै सकिन लागेकाले यस बर्ष संबोधन गर्न नसकिने र आगामी बर्ष विद्यार्थीहरुको भावना संबोधन गर्ने गरि परीक्षा केन्द्र निर्धारण गरिने छ ।’

Comment here