प्रदेश २समाचार

घाईते सीपी मैनालीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

महोत्तरी, १५ फागुन / बिपि राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा भएको सवारी दुर्घटनामा नेपाल कम्युनिसट पार्टी (माले)का महासचिव सिपी मैनाली घाईते हुनु भएको छ । उहाँ संगै अरु चार जना पनि घाईते भएका छन् ।

घाईतेहरुको बर्दिबासमा समान्य उपचार पछि थप उपचारका लागि हेलिकोप्टर मार्फत ग्राण्डी अस्पताल लगिएको छ । दुर्घटनामा सीपीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ ।

झापाबाट काठमाडौं जाने क्रममो बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ च ७६८० नम्बरको गाडी ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ । मैनालि चडेको कारमा रहेका मैनालिका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेल घाईते भएका थिए ।

Comment here