बागमतिसमाचार

सिन्धुलीमा भएका सवारी दुर्घटना, १८ जनाको मृत्यु

सिन्धुली, १५ फागुन / सिन्धुलीमा भएका सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु ३८ जना सक्त घाईते, ३२ जना सामान्य घाईते भएका छन् ।

चालु आर्थिक बर्षको सात महिनाको अवधिमा भएका २६ दुर्घटनामा १८ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार १६ जना पुरुष र दुई जना महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीका अनुसार दुर्घटनामा २८ जना पुरुष, ६ जना महिला, ३ बालिका र १ बालक गरि ३८ जना सक्त घाईते, १९ जना पुरुष, ६ जना महिला, ४ जना बालक र २ बालिका गरि ३२ जना सामान्य घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु दर, सक्त घाईते र सामान्य घाईतेको संख्या सवै भन्दा बढी पुरुषको संख्या रहेको छ । ट्राफिक प्रहरी कार्यालयले राखेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको अवधिमा सिन्धुलीमा सवै भन्दा कम दुर्घटना साउन र पुषमा १/१, भदौ र कात्र्तिकमा ३/३, मंसिरमा ४, माघमा ५ र सवै भन्दा बढी असोजमा ९ वटा सवारी दुर्घटना भएका छन् ।

सवारी चालकले सडक तथा ट्राफिक नियमको पालना नगर्दा पनि दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति पत्र विना सवारी चलाउने, सवारीको यान्त्रिक अवस्था चेकजाँच नगरि सवारी चलाउने तथा सडक नियमको पालना नगर्ने र ट्रफिक नियम सवारी चालकले ट्राफिकका लागि मात्र पालना गरिदिदा पनि दुर्घटना न्युनीकरण गर्न चुनौती रहेको उहाँको भनाई छ ।

Comment here