साहित्य

लघुकथा : आमाको जन्ममिति

मनु मिस कक्षातीनमा पढाउनु हुन्छ । सधैंझैँ नियमितकक्षा शिक्षणमा जानू भयो ।“लआजको पाठ छ परिवारको सदस्यहरुको जन्ममिति र आजसम्महुने उमेर “मिसले कालोपाटीमा पाठ शिर्षक लेख्दै परिवारमाभएका सदस्यहरुको नाम र जन्ममितिपालैपालो टिपोट गर्दै जानू भयो । कसैले भने कसैले भन्न सकेनन् ।“जस जसले आजभन्न सकेनौ भोलि परिवारमाभएका सबै सदस्यहरुको जन्ममिति र आजसम्मकतिवर्षको हुनु भयो तालिकाबनाएर ल्याउनु है!“भन्दै आजको कक्षा सकेर जानू भयो ।
भोलिपल्टको कक्षा शिक्षणमा अघिल्लो दिनको गृहकार्य हेर्नु भयो । सिमाले दुईवटा कोठा खाली राखेर अरु कोठा भरेर ल्याएकीथिईन् । मिसले त्यति सामान्य कुरा पनिनलेख्ने भनेर सिमालाई साथिहरूको अगाडि बेस्सरी गालीगर्नुभयो । “पढाइमा चासो नभएपछि हामिले मात्र घोटेर के गर्नु ?“मिस झोक्किँदै“ भोलिपनि यो तालिका पूरा गरेर ल्याएनौ भने कानको जरासरा उखेल्छु ।
सिमाआँखाभरी आँसु पारेर बुढी औंलाले भुइँकोट्याउँदै निहुरिरहीन् । कोहि चुपचाप हेरि रहे, कसैले त्यत्ति सजिलो उत्तर पनिकिननलेखेकीहोलाभनेर जिस्क्याएभोलिपल्ट सिमा स्कुल नै आइनन्। मिसले उसका साथिहरूलाई सोध्नु भयो। “सिमाआजकिन पढन नआएकी?“ साथिहरूले भनेँ “खै मिस ऊ आज घरबाटनै स्कुलजान्नभनेर रुँदै थिई उसको हजुरआमाले पिटेर पठाउनु भएको थियो तर बाटैमा रुँदै लुकेर बसिरहेकीथिई ।“
( सिमाले सोचीआज स्कुल नगएपछि भोलि त त्यो गृहकार्य मिसलाई देखाउनु पर्दैन भन्ने )
मिस “पखत्यसलाई होमवर्क गर्नको पिरले होलाभोलि त कहाँ जान्छे र ?“
साथिहरू स्कुलबाट फर्केपछि सिमापनिमिसिएर सँगै घर गइन्।भोलिपल्ट अँध्यारो मुखपार्दै सिमा स्कुलआइन्। स्कुलमामिसले अस्तिको गृहकार्य माग्नु भयो उसले “छैन“भनिन्। साथिहरूले सिमाको कापीनिकालेर हेरे फेरि पनिदुईवटा कोठा खाली नै रहेछ। त्यो सुनेर मिसले गालीगर्दै सिमालाई पिट्नु भयो। आफ्नु जन्ममिति र आमाको जन्ममितिपनि लेखेर ल्याउननसक्नेले के पढ्नु ?“खै यसको किताबकापील्याओ म फाल्दिन्छु“ भन्दै किताबतान्दा किताबबाट एउटा महिलाको फोटो भुइँमा खस्यो । मिसले त्यो फोटो टिप्नु भयो र सोध्नु भयो । “यो कसको फोटो बोकेर हिँडेकी?होमवर्क बोक्नमतलब छैन फोटो चाहिँ यसरी बोक्छे “ भन्दै सिमातिर फोटो र किताबफालिदिनु भयो । सिमाजतिगालीखाँदापनिबोलिनन्,आँसु मात्रबगाएर बसिरहिन्। “भोलितिम्रो अभिभावकलिएर आउनु तिम्रो पढाईको बिषयमा कुरा गर्नु छ “ मिसले सिमालाई भन्नू भयो र सिमाले मुन्टो मात्रहल्लाईन्।
भोलिपल्टउसकी बुढी हजुरआमालौरो टेकेर आउँनु भयो । हजुरआमा“मिस नानीनमस्कार किनमलाई बोलाउनु भएको ?“
मिस “ नमस्कार आमातपाईंको यो नानीको हो? “ मिसले सिमालाई देखाउदै भन्नू भयो ।
हजुरआमा“मेरो छोरिकी छोरी नातिनीनानी ।“
मिस “अनितपाईंले राखेर पढाउनु भएको हो ?“
हजुरआमा“हो नानी नराखेर के गर्नु त यसको जाने ठाउँ नै कहाँ छ र ?“
मिस “किन र उसको बाआमाहुनुहुन्न र ?“
हजुरआमा “बाउभनेको आमाहुँदासम्मको मात्र रै’छ! बाउको के कुरा गर्नु ? “
मिस “अनिउसको आमा?“
हजुरआमा“आमाको के कुरा गर्नु नानी।“
बुढी आँखाभरी आँसु पार्दै“यो कुरा नकोट्याउनुस् नानी। “
मिस “चाख राख्दै किन र आमाभन्नुन।“
हजुरआमा“यसलाई यसकीआमाको मायाको कमिनहोस् भनेर मैले मेरो छोराछोरीलाई भन्दा बढी माया गरेको छु नानी । यसले मलाई आफ्नो जन्मदिन र आमाको जन्मदिन सोधेर हैरानपारेकी छे । म कसरी बताऊँयसलाई ।“यसकीआमाको जन्मदिन , जसले मलाई एउटि टुहुरी सालनाल सहित मेरो हातमा छोडेर गइ । अनि कसरी बताऊँ?यसको जन्मदिन।
यसले आफ्नु जन्मदिन र आमाको तिथि एकै दिन कसरी मनाउन सक्छे यहीँ सोचेर म यसलाई केहि सम्झाऊँनचाहान्ननानी ।“
यति सुनिसकेपछी मिसको आँखामा पछुतोको अश्रु भेल अविरल बहन्छ र पाठ अनुसार आमाको उमेर किननलेखेको रहेछ सम्झँदै रुँदै आँसु पुछ्न मिस बाहिर निस्कनु हुन्छ ।

 मैयाँ लामिछाने
सिन्धुली

Comment here