बागमतिसमाचार

तीन उत्पादन समुह सम्मानित

सिन्धुली, १३ फागुन / यहाँको तिनपाटन गाउँपालिकामा रहेका कृषक समुहलाई सम्मान गरिएको छ । तिनपाटन ८ मा रहेको गुरासे तरकारी उत्पादक समूह पहिलो, प्रथम ,तिनपाटन ८ को मखमली तरकारी उत्पादक समूह दोस्रो र तिनपाटन ११ मा रहेको पम्फासरी बाख्रा उत्पादक समूह तस्रो भएका हुन् ।

रिलिफ नेपाल र वल्डभिजनको साझेदारमा सन्चालित कृषि तथा आर्थिक बिकास परियोजना अन्तर्गत उत्कृष्ट कृषक समुहलाई सम्मान गरिएको रिलिफ नेपाल को फिल्ड सुपरभाइजर शान्ती बराल ले जानकारी दिनुभयो । परियोजना अन्र्तगत गाउँपालिकाको ७, ८, १०, ११ मा रहेका ४५ वटा कृषक समुह मध्ये उत्कृट तीन समहुहरु सम्मानित हुने कृषक समहुलाई तिनपाटन ७ को वडा अध्यक्ष कोमल खपाङी र रिलिफ नेपालका मुल्यांकन अधिकृत निल बाहादुर लुम्रेले समुहलाई सम्मान गरेका हुन् ।

Comment here