आर्थिकबागमति

बागमति प्रदेशका जनप्रतिनिधिलाई तलव हैन भत्ता

हेटौडा, १३ फागुन / अव बागमती प्रदेशका जनप्रतिनिधिलिाई तलव हैन भत्ता उपलब्ध हुने भएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको हो ।
यो निर्णय पछि तलव लिदै आएका जनप्रतिनिधिले भत्ता पाउने छन् । स्थानीय तहका जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने गरेर सुविधालाई संशोधन गर्ने निर्णय गरेको र बागमति प्रदेश सरकारले जनाएको छ ।

मंगलबारको प्रदेशसभा बैठकले प्रदेश विशेष अनुदानका योजना स्वीकृत र हात्तीसार कार्यालय हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्रदेशले यसअघि निर्माण गरेको ऐनका कारण स्थानीय तहका पदाधिकारीलाई तलब सुविधा वितरण गर्न समस्या भएपछि सो ऐन संशोधन गर्न लागिएको समेत बताईएको छ । ऐन संशोधनपछि जनप्रतिनिधिले अदालतको फैसलामार्फत रोकिएको सुविधा प्राप्त गर्ने बाटो खुल्ने छ ।

Comment here