समाचार

सिन्धुलीमा बुहारीको हत्या पछि फरार भएका ससुरा पुगे जेल

सिन्धुली, १३ फागुन / बुहारीको हत्यामा अदालतबाट दोषी ठकरीएका ससुरा जेल पुगेका छन् । अदालतले कैदको फैसला गरेपछि फरार रहेका थिए । उनलाई अन्ततः प्रहरीले पक्राउ गरि जेल चलान गरेको हो ।

२०७३ साल असोज ३० गते सिन्धुलीको खुर्कोटमा ३० बर्षिया तुलसाकुमारी पहाडीको हत्या अभियोगमा अदालतबाट घटनामा संलग्न भएको फैसला उच्च अदालत पाटनले फैसला गरेको थियो ।

उक्त घटनामा संलग्न तुलसाका ससुरा यज्ञप्रसाद चौलागाई फरार भएका थिए । उनी काठमाण्डौमा लुकी छिपि बस्दै आएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोठाटारबाट पक्राउ गरी केन्द्रीय कारागार चलान गरेको छ । यस्तै घटनामा तुलसाको देउरानी ३५ वर्षीया टिकाकुमारी चौलागाईको संलग्नता रहेको देखिएको भन्दै उच्च अदालत पाटनले २०७६ जेठ १० गते जनही २० वर्षको कैद फैसला गरेको थियो ।

Comment here