समाचार

नेवाःदेय दबु र नेवाःमिसा दुवु सिन्धुलीको प्रथम जिल्ला अबिधेशन

सिन्धुली, १३ फागुन / नेवार समुदायको नेवाःदेय दु र नेवाःमिसा दुवु सिन्धुलीको प्रथम जिल्ला अबिधेशन आज सिन्धुलीमाडीमा सुरु भएको छ । जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष नरेशकुमार ताम्राकारको प्रमुख आतिथ्यता लगाएत अन्य अतिथिहरुको उपस्थितीमा अबिधेसनको उद्घाटन गरिएको हो । उद्घाटन सत्र समापन हुने र त्यस पछि जिल्लाको नयाँ नेतृत्व चयन हुने छ । नयाँ नेतृत्व सर्वसहमति प्रक्रियाबाट चयन हुने बताईएको छ ।
अबिधेसनको उद्घाटन पुर्व ¥यालिले बजार परिक्रमा गर्दै सिताराम पार्टी प्यालेसमा पुगेर उद्घटन सत्र कार्यक्रम सुरु गरिएको थियो ।

नेवार समुदायको नेवाःदेय दबु र नेवाःमिसा दुवु सिन्धुलीको प्रथम जिल्ला अबिधेशन आज सिन्धुलीमाडीमा निकालिएको ¥याली ।

Comment here