बागमतिसमाचार

अबरुद्ध विपि राजमार्ग खुल्यो : ठककर दिने मिनिट्रक उदयपुरबाट नियन्त्रणमा

सिन्धुली, १२ फागुन / सिन्धुलीमा आज भएको सडक दुर्घटनामा पैदल यात्रुलाई ठक्कर दिएको आसंकामा प्रहरीले एक मिनिट्रक नियन्त्रणमा लिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा पर्ने विपि राजमार्गमा अन्दाजी ५५ बर्षिय नन्दलाल श्रेष्ठलाई ठक्कर दिएको आशंकामा प्रहरीले मिनि ट्रक उदयपुरबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामकुमार खत्रीका अनुसार नन्दलाललाई ठक्कर दिई भागेको आशंकामा उदयपुरबाट अनुसन्धानका लागि एक मिनि ट्रक नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौबाट उदयपुर जादै गरेको स।१ ख ५४२ नम्बरको मिनि ट्रक टेन्ड लोड उदयपुर त्रियुगा नगरपालिका वडा नं ११ बाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएका छ ।

यसैविच ठक्कर दिने सवारीको पहिचान गरि कारबाही गर्ने मौखिक सहमति अनुसार अवरुद्ध विपि राजमार्ग सुचारु भएको छ । सवारीको ठक्करबाट स्थानीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि स्थानीय दोषीलाई कारबाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

Comment here