बागमतिसमाचार

पैदलयात्रीको मृत्यु भएपछि विपि राजमार्ग अवरुद्ध

सिन्धुली, १२ फागुन / सवारीले ठक्कर दिएर फरार भएपछि स्थानीयले विपि राजमार्ग अवरुद्ध पारेका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अन्र्तगत तल्लो बारा भन्ने स्थानमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

स्थानीय नन्दलाल श्रेष्ठको सवारीका ठक्करबाट मृत्यु भएपछि सवारीको पत्तालगाई कारबाही गर्न माग गर्दै स्थानीय राजमार्ग अवद्ध पार्दा सवारी आवागमन अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग सूचारु गर्ने सम्बन्धमा पहल भै रहेको र ठक्कर दिने सवारीको खोजि भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

इता स्थानीयको अवरोधका कारण उपप्रधान तथा रक्षा मन्त्रि इश्वर पोख्रेल पनि जाममा पर्नु भएको छ । नेकपा सिन्धुलीले आयोजना गरेको महान सहिद ऋषिराज देवकोटा (आजाद)को ३९ औं स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा उहाँ सिन्धुली आउनु भएको हो ।

Comment here