Uncategorizedसमाचार

कामकालागि नगद परियोजना मोडेल

सिन्धुली, ११ फागनु  / भनिन्छ जहाँ समुदायको प्रत्यक्ष सहभागिता हुन्छ त्यहाँ, मायाँ हुन्छ अनि अपनत्व हुन्छ र जहाँ पूर्ण अपनत्व हुन्छ त्यस कामले सफलता प्राप्त गर्दछ । यस भनाईलाई चरितार्थ गर्दै सिन्धुलीमा कामकालागि परियोजना सफल भएको छ । यस कार्यक्रम अन्तरगत समुदायमा काम गर्ने दक्ष, अर्धदक्ष तथा अदक्षकामदारहरुले आफुले श्रम गरेर कमाएको नगदप्रात्त गरेका हुन् ।

जवउनिहरुले आफुले कमाएको नगद हातमा प्राप्त भएको थियो त्यसपछि उनिहरुको मुहारमा मुस्कान छताछुल्ल भएको दृष्यस्किम नै पिच्छे देखिएको थियो । सबै जनाआफुले पाएको रकमखुसि हुँदै उत्साहका साथगन्दै गरेका थिए ।


हामी आफ्नो गाउँको गत असार २०७६ मा आएको पहिरोले वालआधारभुत विद्यालय गोलन्जोर ४, तिनकन्या धापचौकी जाने बाटो सबै बगाएर लगेको थियो । बालबालिकाहरु लौरो टेक्दै जोखिमपूर्ण तरिकाले विद्यालय जान बाध्यकारी अवस्था थियो जसलाई हामीले आफ्नो गाउँआफैं बनाउ भन्ने उद्धेश्यका साथ बाटो पन्छाउने तथामर्मत संभारको कामगरि सकेका छौं जसबाट कामगरिसके पछि हामी स्थानियवासीअत्यन्तै खुसिभएका छौ । भन्नुहुन्छ रोडमर्मत समितिकाअध्यक्षछत्र बहादुर खपाङ्गी बताउनुहुन्छ ।
उक्त परियोजना सिड्स नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालितनेपाल बाढि पहिरो पुनर्लाभ परियोजना अन्तर्गत सम्पन्न गरिएको हो । जस अन्तर्गत विगत १ महिनाअगाडि बाट गोलन्जोर, फिक्कल र तिनपाटनका विभिन्न ठाउँमा विपद बाट प्रभावित१० वटा विद्यालय, ४ वटा कुलो, ३ वटा रोड, १ कृषि हाट, ४ वटा सार्वजनिक भवनहरु मर्मत तथा संभारका भएकाथिए । यस कार्यमाकरिब ३०० भन्दा बढि दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरुको उल्लेउखनिय योगदान रहेको थियो भने उनिहरुले काम अनुसारको रकम सिक्का तथा भौचर प्रविधी मार्फत रकमप्राप्त गरेका थिए ।

विभिन्न स्किमहरुमा रकम वितरण तथा सिक्का प्रविधिको बारेमा सहजिकरण गर्नका लागि सिड्स नेपाल तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालका नेपालइनोभसेन ल्यावका साथै परियोजना प्राविधिक समुहले गरेको थियो । आफ्नो मोवाइलमा नै आफुले गरेको योगदान बराबरको सिक्का प्राप्त भएको जानकारी र त्यसकै आधारमा पारदर्शि ढँगले रकम पाउँदा अत्यन्तै हर्षित भएका कुरा कामदारहरुले बताएका छन् ।

यसै क्रममा रकमवितरण कार्यक्रममा बोल्दै पार्वती सुनुवारले परियोजना स्थानिय सरकारलाई अतुलनियसहयोग गरेको छ । यसले गाउँका युवाहरुको श्रम शक्तिको सहि रुपमा सदुपयोग गर्नुका साथै नेपाल सरकारको प्रधानमन्त्रि रोजगार कार्यक्रमलाई समेत सहयोग गरेको छ । यसमा प्रयोग भएको जिम्मेवारी, पारदर्शिताका साथै सिक्का प्रविधि गाउँपािलकाले समेत अपनाउनुपर्ने बताउनुभयो ।

Comment here