आर्थिकसमाचार

दोस्रो फिक्कल महोत्सव सुरु

सिन्धुली, ९ फागुन / सिन्धुलीको फिक्कल गाउँपालिकामाको आजोजनामा दोस्रो फिक्कल महोत्सव आजबाट सुरु भएको छ ।

‘सडक, शिक्षा र विजुली फिक्कलको पूर्पाधार, कृषि वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको प्रतिनिधि सभा सदस्य गणेशकुमार पहाडीले उद्घाटन गर्नु भएको हो । महोत्सव फागुन १९ गते सम्म सञ्चालन हुने छ ।

महोत्सवले फिक्कलको कृषि, पर्यटनको प्रबद्र्धन गर्दै यहाँको पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्धेश्य रहेको बताउनुभयो । नेपालमा पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्दै युवाहरुलाई रोजगारी सिर्जना गर्ने बताउनुभयो । हाल नेपालिको बर्षिक प्रतिव्यक्ति आम्दानी १ हजार ५६ रुपैंया अमेरिकि डलर भएको र अवको १० बर्ष भित्रमा प्रतिव्यक्ति ५ हजार अमेरिक डलर पु¥याउने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तथा महोत्वसब प्रचार प्रसार समितीको संयोजक पार्वती सुनुवारका अनुसार सुनकोसीमा जलयात्रा गर्न ८ वटा ¥याफ्टिङ र फिक्कलको अवलोकन गर्न ४ वटा प्याराग्लाईडिङ्ग सञ्चालन भएको छ ।

महोत्सवको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य, लेखनाद दाहाल, प्रदिप कटुवाल, विनोदकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उमा कोईरालाले महोत्सवको सफल्ताको शुभकामना व्यक्त गरेका थिए ।

महोत्सवको उद्घाटनमा मगर, माझी, सुनुवार समुदायहरुले मौलिक भेष भुषा सहित, झाकि र स्थानीय खैजेडि भजन प्रस्तुत गरिएको थियो । गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन सत्रको कार्यक्रम फिक्कल गाउपालिकाका प्रबत्ता राजु बरालले सञ्चालन गर्नु भएको थियो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

Comment here