समाचार

सिन्धुलीको फिक्कलमा र्‍याफ्टिङ र प्याराग्लाईडिङ

खबर संबाददाता
सिन्धुली, ८ फागुन / सिन्धुलीको फिक्कल गाउँपालिकामा सुकोसीमा र्‍याफ्टिङ र प्याराग्लाईडिङ्ग सञ्चालन हुने भएको छ । फागुन ९ गतेबाट सञ्चालन हुने दोस्रो फिक्कल महोत्सवको अवसरमा यस बर्ष पनि ¥याफटिङ र प्याराग्लाईडिङ्ग हुने भएको हो ।

गाउँपालिका उपाध्यक्ष तथा महोत्वसब प्रचार प्रसार समितीको संयोजक पार्वती सुनुवारका अनुसार सुनकोसीमा जलयात्रा गर्न ८ वटा र्‍याफ्टिङ र फिक्कलको अवलोकन गर्न ४ वटा प्याराग्लाईडिङ्ग सञ्चालन हुनेछ ।

सुनकोसीमा गाउँपालिकाको सिमा आरम्भ स्थल देखी सुनकोसीमा जलयात्रा गर्न र्‍याफ्टिङ एक हजार तिरेर जलयात्रा गर्न सकिने र तीन हजार तिरेर आकाशमा प्याराग्लाईडिङ्गका माध्यमले उड्न र अवलोकन गर्न सकिने उहाँको भनाई छ ।

भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै गाउँपालिकामा आन्तरिक तथा बाह् पर्यटक भित्र्याउने उद्धेश्यले आयोजना गरिएको महोत्सवको आवश्यक तयारी समेत पुरा भएको उहाँले जानकारी दिनुभयो । फागुन ९ गते देखी १८ गते सम्म सञ्चालन हुने महोत्सवको शुक्रबार संघिय सांसद गणेशकुमार पहाडीले गर्ने गाउँपालिकाले जनाएको छ ।

महोत्वसव स्थलमा स्टल निर्माण र २०० वटा स्टेज निर्माण कार्य भएको गाउँपालिकाले जनाएको छ । महोत्सवले फिक्कल गाउँपालिकाका धार्मिक, प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार तथा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा स्थानीय कृषि जडिबुटी, स्थानीय सिप र हस्तकला, साना उद्ययमिहरुको उत्पादन आर्कषकको रुपमा रहने छ ।

Comment here