समाचार

प्रधामन्त्री रोजगार कार्यक्रममा सिन्धुलीका दुई स्थानीय तह बजेट विहिन

सिन्धुली, ७ फागुन / देशमा विद्यमान रोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी आर्थिक विकास हासिल गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न यस चालु आर्थिक बर्षमा सिन्धुलीका दुई स्थानीय तहमा बजेट विनियोजन भएको छैन । सुनकोसी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न शंसर्त बजे विनियोजन नभएको हो ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाले भने प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न शंसर्त अनुदान बजेट प्राप्त गरेका छन् ।
यस आर्थिक वर्षमा कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाले सबैभन्दा बढी ७५ लाख बजेट प्राप्त गरेका छन भने सबैभन्दा कम मरिण गाउँपालिकाले १६ लाख ३९ हजार रुपैया प्राप्त गरेको छ ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि कमलामाई नगरपालिकाले ७५ लाख रुपैया, दुधौली नगरपालिकाले ६८ लाख २९ हजार रुपैया प्राप्त गरेको छ । त्यसैगरी तीनपाटन गाउँपालिकाले २९ लाख ८१ हजार, गोलन्जोर गाउँपालिका ३२ लाख २१ हजार रुपैया , फिक्कल गाउँपालिकाले ४७ लाख ४२ हजार रुपैया, भने मरिण गाउँपालिकाले १६ लाख ३९ हजार र हरिहरपुरगढी गाउँपालिकाले ७५ लाख रुपैया अनुदान प्र्राप्त गरेका छन ।

परिवारको कुनैपनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो परिवारलाई एक सय दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ताका रुपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम आर्थिक बर्ष ०७५/०७६ बाट सुरु भएको थियो ।

Comment here