समाचार

वालवालिकाकालागि लगानि योजना बनाउँदै

सिन्धुली, ६ फागुन / सिन्धुलीको फिक्कल गाउँपालिका वालवालिकाहरुकालागि लगानि योजनानिर्माण गर्न लागि परेको छ । सिन्धुली वालमैत्री स्थानिय शासन अवलम्वन गर्ने उद्धेश्यका साथ वालमैत्री लगानि योजनानिर्माण गर्न लागेको हो ।

स्थानिय साशन निर्देशिका २०६८ अनुसार तय गरिएका वाल मैत्रि स्थानिय साशन ब्यवस्थाका सुचकहरु कै आधारमा एक कार्यक्रमका विच लगानि योजनानिर्माण गरिएको हो ।

सिड्स नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित बालमैत्रि स्थानिय शासन परियोजना अन्तर्गत वालमैत्री लगानि योजनानिर्माण गर्ने तालिम दिईएको छ ।

आईतबार वडाध्यक्ष गोपाल आलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरिय बाल मैत्रि स्थानिय शासन उपसमिति, स्वास्थ्यचौकि खाङ्साङका प्रतिनिधि, महाकाली माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि तथा वडा स्तरिय वाल क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आजका बालबालिका भोलिका कर्णधार हुन् र भोलि समाजलाई समृद्धीको दिशामा लैजानकालागि बालबालिकाहरुलाई उचित आवश्यकता भएकाले यस योजना वडाले निर्माण गर्न लागेको वडा अध्यक्ष आलेले बताउनुभयो ।

कार्यक्रमको सहजिकरण सिड्स नेपालसिन्धुलीका नारायण पाण्डे र होमनाथ बराल सहजीकरण गर्नु भएको थियो । सहभागिहरुलाई योजना निर्माणका क्रममा शिक्षा विद्यालयलाई वालमैत्रि बनाउने, स्वास्थ्य, बाल संरक्षण, तथा संस्थागत सुधारका सुचकहरुले प्राथामिकता, स्थानिय शासन निर्माणका निम्ति वालमैत्रि आचार संहिता निर्माण लगाएतका विषयमा जानकारी गराईएको छ ।

Comment here