राजनीतिसमाचार

नेकपाले गरायो सल्लाहकार कमिटिका पदाधिकारीलाई सपथ

सिन्धुली, ७ फागुन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले आज जिल्ला सल्लाहकार कमिटिका पदाधिकारीहरुलाई सपथ खुवाएको छ ।

पार्टी कार्याल सिन्धुलीमाढीमा एक औपचारीक कार्यक्रमको आयोजना गरि सल्लाहकार कमिटिका पदाधिकारीहरुलाई सपथ खुवाएको हो ।
नेकपा सिन्धुलीको सल्लाहकार कमिटिको संयोजक बिष्णु श्रेष्ठ, सचिव चन्द्र बहादुर माझी लगाएत ७३ सदस्य रहेको कमिटिका पदाधिकारीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य कमलजंग राईले सपथ खुवाउनु भएको थियो ।

केन्द्रिय सदस्य राईले सल्लाकार कमिटिका पदाधिकारीहरुलाई पार्टी गतिविधिका बारेमा जनतामा लैजान र पार्टीलाई रचनात्मा सल्लाह दिदै पार्टीको विधानलाई इमान्दारिताका साथ पालना गर्दै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन विताउन आग्रह गर्नु भएको छ ।
सपथ ग्रहण कार्यक्रममा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ (राजन) दाहाल, सहइन्चार्ज उमा कोइराला, जिल्ला कमिटि सदस्य एवं बागमति प्रदेश सभा सदस्य विनोद खड्का, प्रचार विभाग प्रमुख प्रलाद पोख्रेल, कमलामाई नगरपालिका इन्चार्ज महेन्द्रदेव श्रेष्ठ लगाएतका नेता, कार्यकर्ताको आतिथ्यता रहेको थियो ।

Comment here