बागमतिसमाचार

चर्चित लोक गायक प्रकाश कटुवाल प्रक्राउ

काठमाडौं, ६ माघ / चर्चित लोकगाएक प्रकाश कटुवाल पक्राउ परेका छन् । उहाँलाईे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
कटुवाललाई तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्रउ गरिएको प्रहरीले जनाएको छ । गुरुङको परिवारले गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएसँगै प्रहरीले पक्राउ गरेको हो । अहिले तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।
पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बान्ता गरेपछि त्यही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य विवाद भएको थियो । केही समयको विवादपछि दुई पक्षबीच सहमति भई मिलापत्र भएर गायक पोखरा गएका थिए । साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएको बताईएको छ ।

Comment here