बागमतिसमाचार

मेलमिलापबाट विवाद समाधान हुँदा, समाज समृद्ध बन्छ : तिवारी

सिन्धुली, ६ फागुन / सिन्धुलीको घ्याङलेख गाउँपालिकाको वडा नं. २ मा स्थानीय विवाद समाधानका सवालमा मेलमिलाप केन्द्रले विवाद समाधानका सावालमा गरेका गतिविधिहरुको अनुगमन गरिएको छ ।

सामुदायिक मेलमिलाप केन्द्रको अवस्था, यसको प्रभावकारिता, मेलमिलाप र विवाद समाधान गर्ने सम्बन्धमा मेलमिलापकर्ता वा सम्बन्धित निकायले अवलम्बन गरेको प्रक्रिया तथा मेलमिलाप केन्द्रलाइ कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने उद्धेश्य अनुगमनको गरिएको हो ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज बर्मा तिवारीले स्थानीय स्तरमा हुने विवाद समाधानले समाजमा दिगो शान्ती स्थापना गर्ने बताउनुभयो । दुवै पक्षको जित हुने गरि विवाद समाधान हुने हुँदा समाजमा हुने अनमेल, विवादहरु अन्त्य हुदा समाजमा दिगो शान्ति स्थापना भई समाजको विकासलाई समेत मद्धत गर्ने बताउनुभयो । अनुगमनका क्रममा अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षको अवधिमा वडामा आएका विवाद समाधान भई हाल सम्म कार्यानवयन भएको पाईएकाले उहाँले मेलमिलाव कर्ताहरुलाई धन्यवाद दिनुभयो ।

यस्तै घ्याङलेख गाउँपालिका न्यायिक समतिका संयोजक तथा उपाध्यक्ष दुर्गादेवी सुनुवारले मेलमिलाप केन्द्र स्थापना र मेलमिलपकर्ताबाट विवाद समाधान हुन गालेपछि न्यायिक समतिको बोझ घटेको बताउनुभयो । पालिकामा हुने ९० प्रतिशत सम्मका विवाद जुन मेलमिलपबाट गर्न मिल्नेछन् त्यस्ता विवादहरु मेलमिलावबाट दिगो रुपमा समाधान हुदै आएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले मेलमिलाप र न्यायिक समितिको कार्य सम्पदनका लागि १५ लाख रुपैंया विनियोजन गरेको जानकारी दिदै उहाँले पालिकाले मेलमिलाप केन्द्रलाई व्यवस्थित बनाउदै सवै वडामा वडा स्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिनुभयो ।
मेलमिलाप कार्यक्रम (माण्डवि)को सहयोगमा गाउँपालिकामा नै वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना पछि विवाद समाधान दिगो रुपमा भएको हुँदा मेलमिलाप कर्ताहलाई पनि आवश्यक तालिमको व्यवस्थापन गर्ने बताउनुभयो ।

अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षमा गरि जम्मा दुई वटा मुद्दा मात्र जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा गएको र अन्य विवादहरु स्थानीय स्तरमा नै विवाद समाधान हुने गरेको घ्याङलेख गाउँपालिका २ का वडा अध्यक्ष एक बहादुर खड्काले बताउनुभयो ।
मेलमिलाप कार्यक्रम सिन्धुलीका संयोजक पार्वती भट्टराईले वडामा कार्यक्रम लागु भए देखी हाल सम्म ३७ वटा विवाद आएकोमा सवै विवाद समाधान भएको पाईएको बताउनुभयो । विवाद समाधान गर्ने विभिन्न उपायहरु मध्ये मेलमिलाप पनि एक महत्वपुर्ण माध्यम रहेको बताउनुभयो । मेलमिलापबाट विवादको समाधान हुँदा मेलमिलाप छिटो प्रक्रिया भएकोले समय र पैसा दुवैको भई मेलमिलापबाट हुने विवाद समाधानले दुवै वीच सम्बन्ध राम्रो हुने र सामाजिक प्रतिष्ठा कायम हुने गर्दछ ।

Comment here